+

प्रधानमन्त्रीले क्रिकेट कप्तान मल्ललाई दिए बधाई

२०७६ कात्तिक  १५ गते १३:११ २०७६ कात्तिक १५ गते १३:११
प्रधानमन्त्रीले क्रिकेट कप्तान मल्ललाई दिए बधाई

१५ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली क्रिकेट टिमका नवनियुक्त कप्तान ज्ञानेन्द्र मल्ललाई बधाई दिएका छन् ।

शुक्रबार विहान ट्विटरमार्फत उनले मल्ल कप्तानमा छानिएकोमा बधाई दिएका हुन् । प्रधानमन्त्री ओलीले मल्लको नेतृत्वमा नेपाली क्रिकेटले नयाँ उचाई प्राप्त गर्ने विश्वास पनि व्यक्त गरेका छन् ।

पारस खड्काले राजीनामा दिएपछि नेपाल क्रिकेट संघ (क्यान) ले मल्ललाई कप्तानमा चयन गरेको थियो ।

स्वास्थ्यमा समस्या देखिएपछि बुधबार काठमाडौंको ग्राण्डी अस्पतालमा भर्ना भएका प्रधानमन्त्री ओली बिहीबार राति घर फर्केका थिए ।

प्रधानमन्त्री ओलीले ८ महिनामा विश्वका ८ हजार मिटर भन्दा अग्ला १४ वटा हिमाल चढेर कीर्तिमान बनाएका नेपाली नागरिक निर्मल पुर्जालाई अस्पतालबाटै बधाई दिएका थिए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय