+
+

सडकमा सुतेर मेयरको प्रणाम यात्रा !

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १६ गते १९:१९

१६ कात्तिक, विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले छठ पूजाका लागि सिंघिया घाटसम्म सडकमा घस्रेर दण्डप्रणाम यात्रा सुरु गरेका छन् । निराहार छठ पर्वको ब्रत बसेका पराजुलीले १६ औं पटक दण्डप्रणम यात्रा सुरु गरेका हुन् ।

२६ वर्षयता छठको ब्रत बसिरहेका पराजुली १६ वर्षयता छठको पूजाका लागि विराटनगर ३ पोखरीया ठूलोमिल चोकमा रहेको शिव पाञ्चायन मन्दिरबाट सिंघिया खोलामा राखिएको पूजा स्थलसम्म दण्ड प्रणाम गर्दै यात्रा तय गर्नेछन् । पराजुलस“ग श्रीमती रञ्जिता भतिज प्रमेशले पनि दण्ड प्रणाम यात्रा सुरु गरेका छन् ।

शनिबार साइत हेराएर साढे १० बजेबाट पराजुलीले मन्दीरबाट सिंघिया घाटसम्मका लागि दण्डप्रणाम यात्रा सुरु गरेका हुन् । करिब तीन किलोमिटर दुरी पार गर्न चार घण्टा लाग्ने छ ।

मेयरमा निर्वाचित भएपछि तीन वर्षयता नगरबासीको सुख, शान्तिको कामना गर्दै छठको कष्टपूर्ण ब्रत बसेको मेयर भीम पराजुलीले बताए । हरेक बर्षको आफुले गर्दै आएको धार्मिक कार्यलाई यो बर्ष पनि निरन्तरता दिएको पराजुलीले बताए ।

शनिबार घाटमा पुगेर अस्ताउँदो सूर्यलाई अघ्र्य दिएपछि घाटमा नै जाग्रामबसी आइतबार बिहान उदाउदो सूर्यलाई अघ्र्य दिएर ब्रत समापन गर्नेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?