Comments Add Comment

विवाहको भिडियोग्राफी : डेटिङको भिडियोदेखि ट्रेलरसम्म

पञ्चे बाजा बजाएर, लगनगाँठो बाँधेर वा आवश्यक विधी–विधान पुरा गरेर मात्र अहिले विवाह पुरा हुँदैन । विवाहको शैली र स्वरुप बद्लिएको छ । विवाहलाई स्मरणिय र रोमाञ्चक बनाउन अनेकन तौर–तरिका अपनाउन थालिएको छ । जस्तो कि, भिडियोग्राफी–फोटोग्राफी ।

विगतमा पनि विवाहको भिडियो बनाउने, फोटो खिच्ने प्रचलन नभएको होइन । यद्यपि अहिले यसको प्रयोग अरु व्यापक र रचनात्मक हुन थालेका छन् । अहिले दुलहा दुलहीको भिडियो एवं फोटो वैवाहिक समारोहमा मात्र होइन, त्यसभन्दा अघि र पछि पनि खिच्ने गरिन्छ । यसरी भिडियो खिच्नका लागि ड्रोनको प्रयोग गर्नेदेखि ट्रेलर बनाउनेसम्मको ट्रेन्ड सुरु भएको छ ।

ड्रोन एरियल भिडियो

यसमा केवल दुलहा-दुलही अथवा विवाहको पार्टीसम्मको ओवरहेड सटहरु समावेश गरिएको हुन्छ । ड्रोन एरियल भिडियोमा भिडियोग्राफरले दुलाहा- दुलहीका हरेक क्षणका क्रियाकलापहरु, वैवाहिक समारोहमा सहभागी भएका हरेक व्यक्तिको एक्साइटमेन्टलाई भिडियोको माध्यमबाट क्याच गर्ने एउटा अनौठो तरिका हो । यस बाहेक भिडियोग्राफरले भिन्दा-भिन्दै कोणहरुबाट आफ्नो सुविधा अनुसार कार्य गर्नसक्छ ।

विवाहको ट्रेलर

विवाहको भिडियो खिच्ने व्यक्तिले विवाहको ट्रेलर पनि अति नै उत्कृष्टताका साथ बनाउने गर्छन् । जुन व्यक्तिले विवाहको पूरा भिडियो हेर्न भ्याउँदैनन् । उनीहरुका लागि सुन्दर वेडिङ हाइलाइटका सटहरु समावेश गरिएको हुन्छ । विवाहको ट्रेलरमा जोडीको आगमन, उनीहरुको झलक, परिवार र साथीभाइसँग गरिएका अन्तरङ्गको क्षणहरु र बिदाईको उदासीन तर महत्वपुर्ण क्षणहरु समावेश हुन्छन् । यी स-साना भिडियो क्लिपहरु जुन केवल १० देखि २० मिनेटका हुन्छन् । यी तपाईंको विवाहको ट्रेलर जस्तै हुन्छ ।

वेडिङ ब्लूपर्स

यसले विवाहको ट्रेन्डलाई निर्धारित गर्नसक्छ । यसले सबैको रमाइलो र हँसिलो अनुहारलाई कैद गरेको हुन्छ । त्यस्ता क्षणहरुलाई सधैंका लागि भिडियोमा कैद गरिन्छ । राम्रा, नराम्रा, तीता-मीठा कुरालाई भिडियोको अन्तिममा मात्र हेर्न पाइन्छ ।

जोडीको डेट भिडियो

यसमा वैवाहिक जोडीको रोमान्टिक सिनहरुलाई कैद गरिन्छ । फिल्महरुमा अभिनेता-अभिनेत्रीले जस्तै यसमा नयाँ वैवाहिक जोडीलाई रोमान्स गर्न लगाइन्छ । हिजोआज हरेक नवविवाहिताले यस्तो फोटो र भिडियोग्राफी गराउन रुचाउँछन् । विशेष गरी यस्तो भिडियोमा शानदार पृष्ठभूमि संगीत, एउटा आवाज, भ्वाइस ओभर र प्रभावी ढंगले सम्पादन गरिएको भिडियो हुन्छ ।

अपरम्परागत युगल भिडियोग्राफी

यस प्रकारको भिडियोग्राफीमा भिडियोग्राफरले अवास्तविक र विदेशी पृष्ठभूमिलाई छनोट गर्छन् । यसको साथै युगल जोडीलाई फिल्मका स्टारहरु जस्तै तयार पारिएको हुन्छ । यो ट्रेन्ड शहरमा खासै रुचाईँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment