+
+

निर्माणाधीन घर भत्किदा बर्दियामा एकको मृत्यु, २ जना घाइते

दीपक शर्मा दीपक शर्मा
२०७६ कात्तिक २० गते १२:३६

२० कात्तिक, बर्दिया । निर्माणाधीन घर भत्किदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । जना गम्भीर घाइते भएका छन् ।

बर्दियाको गुलरिया नगरपालिका-५ मातङ्गगी चोक नजिकै रहेको दुर्गा गेष्ट हाउसका संचालक अन्दाजी ५५ वर्षीय भविप्रसाद पौडेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

घाइते हुनेहरुमा बढैयाताल गाउँपालिका-९ शक्तिनगरका ३४ वर्षीय मनकराम थारु र सोही ठाउँका १६ वर्षीय नवराज चौधरी रहेका छन् । उनीहरु मजदुर हुन् ।

घाइते दुवैजनालाई बर्दिया अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज नर्सिङ्ग होम लगिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक लक्ष्मण ओलीले बताए ।

नेपालगञ्ज राजापुर हुलाकी सडक खण्डको बाटो विस्तार गर्ने क्रममा सडक छेउछाउमा रहेका घर तथा संरचना भत्काउने कार्य चलिरहेको थियो । सोही क्रममा आधा भत्काइएको घरको पडाडिबाट निर्माण भइरहेको घरको दोस्रो तला भत्किएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?