+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

गैंडा गणना चैत १ देखि, सङ्ख्या घटेको अनुमान

दिवाकर प्याकुरेल दिवाकर प्याकुरेल
२०७६ कात्तिक २९ गते १६:१५

२९ कात्तिक, काठमाडौं । करिब पाँच वर्षपछि हुन लागेको राष्ट्रिय गैँडा गणनाको तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका अनुसार आगामी चैत १ गतेदेखि गैँडा गणना सुरु गर्ने योजना तय भएको छ ।

बजेट अभावका कारण बारम्बार रोकिएको गणना आगामी चैत १ गते सुरु गरी चैत मसान्त अगावै सक्काउने योजना बनेको विभागका उपमहानिर्देशक रामचन्द्र कँँडेलले जानकारी दिए ।

यसपालि गैँडा गणनाका लागि भनेर सरकारले नै एक करोड १० लाख रुपैयाँ बजेट छुट्याएको छ । ‘हाम्रो अनुमानमा यसको लागत करिब डेढ करोड रुपैयाँ हुने देखिएको छ । सरकारी बजेटमा ४० लाख रुपैयाँ अपुग हुन्छ । त्यसका लागि गैरसरकारी साझेदारहरूसँग सहयोग मागेका छौँ’, कँडेलले भने ।

उनका अनुसार गैरसरकारी सहयोग नगदभन्दा पनि जिन्सी बढी हुनेछ । विशेषतः उनीहरूसँग गणनाका लागि आवश्यक प्राविधिक उपकरण मागिनेछ ।

‘हाम्रो योजनाको प्रस्तावना र लागत अनुमान विभागीय प्रमुखबाट स्वीकृत भइसकेको छ । अब तत्काल बैठक बसी बाँकी काम पूरा गर्छौं’ उनले भने । कँडेलका अनुसार आवश्यक सरसामग्री खरिद गर्ने प्रक्रिया तत्कालै सुरु हुनेछ ।

गणनामा चार सयभन्दा बढी कर्मचारी र करिब ६० हात्ती परिचालित हुनेछन् । करिब ७० प्रतिशत जनशक्ति चितवन राष्ट्रिय निकुञ्जमा खटिनेछन् ।

‘त्यति धेरै आशा नगरौं’

कँडेलका अनुसार गणनाको नतिजा उत्साहजनक नआउन पनि सक्छ । ‘दुई वर्ष अगाडिको बाढीमा चितवनबाट दर्जनौँ गैँडा बगेर भारत पुगे तर हामीले थोरैको मात्र उद्धार गर्न सक्यौँ,’ उनी भन्छन्, ‘त्यसैले मैले त्यति धेरै आशा गरेको छैन ।’

अर्कातर्फ अन्य कारणबाट पनि गैँडाको मृत्यु नियमित रूपमा भइरहेकोतर्फ पनि उनले सङ्केत गरे । ‘गैँडाको सङ्ख्या उल्लेख्य मात्रामा घटेको पाइयो भने पनि आश्चर्य नमाने हुन्छ ।’

संवत् २०७२को वैशाखमा भएको पछिल्लो गणनामा नेपालभरि ६४५ गैँडा पाइएका थिए । त्यसमध्यै ६००भन्दा बढी चितवनमै थिए ।

लेखक
दिवाकर प्याकुरेल

प्याकुरेल अनलाइनखबर अंग्रेजी संस्करणका संयोजक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?