
२ मंसिर, तनहुँ । जिल्लाको व्यास नगरपालिकामा चितुवाको एउटा बच्चा मृत फेला परेको छ ।
नगरपालिकाको वडा नं. ७ स्थित साखुलीमा रहेको लोक कल्याणकारी सामुदायिक वनमा अन्दाजी २ वर्षको चितुवाको बच्चा सोमबार बिहान फेला परेको हो ।
मृत चितुवाको बच्चा अन्दाजी १० केजीको छ । पेट फुटेको र घाउचोट लागेको अवस्थामा भेटिएको चितुवाको बच्चालाई भाले चितुवाले मारेको हुनसक्ने अनुमान वन कार्यालयका कर्मचारीहरूले गरेका छन् ।
मृत चितुवाको मुचुल्का उठाइ डिभिजन वन कार्यालय, तनहुँको परिसरमा गाडिएको तनहुँका प्रमुख जिल्ला अधिकारी रूद्रप्रसाद पण्डितले जानकारी दिए ।
तनहुँको भानु नगरपालिकामा पछिल्लो समय चितुवा आतंक फैलिएको छ । चितुवाको आक्रमणबाट डेढ वर्षयता ४ देखि ११ वर्ष उमेर समूहका ६ बालबालिकाको मृत्यु भइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4