+
+

गोरु काटेर खाएको आरोपमा ४ पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ३ गते ८:००

३ मंसिर, बागलुङ । जिल्लाको काठेखोला गाउँपालिका–१, पालाबाट गोरु काटेर खाएको आरोपमा ४ जना पक्राउ परेका छन् ।

साविकको पाला गाविस–४ को चिहानडाँडा भन्ने स्थानमा गोरु काटेर खाएको आरोपमा स्थानीय ४७ वर्षीय यामबहादुर सार्की, २९ वर्षीय रेशम सार्की, २४ वर्षीय आइते किसान र १८ वर्षीय रवि किसान पक्राउ परेका हुन् ।

पक्राउ परेका चारै जनाविरुद्व पशुसम्बन्धी कसुरअन्तर्गत गाई, गोरु मार्न वा कुट्न नहुने शीर्षकमा मुद्दा दर्ता गरिएको प्रहरी नायब उपरीक्षक झवीन्द्र भट्टराईले जानकारी दिए ।

उनीहरु सबैलाई जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धानसमेत भइरहेको उनको भनाइ छ ।

यसैबीच, नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका एक कार्यकर्ता पक्राउ परेका छन् । जिल्लाको काठेखोला गाउँपालिका–४ तङ्ग्रामका नन्दराम थापालाई पक्राउ गरिएको हो ।

जिल्ला अदालतबाट फरार सूचीमा रहेका उनीविरुद्ध पक्राउ पुर्जीसहितको म्यादसमेत जारी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?