+
+

प्रचण्डको सचिवालयले भन्यो-मन्त्रिपरिषद हेरफेर प्रधानमन्त्रीको क्षेत्राधिकार

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ३ गते १०:४३

३ मंसिर, काठमाडौं । मन्त्रिपरिषद पुनर्गठनको सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष प्रचण्डबीच कुरा समझदारी हुन बाँकी रहेको चर्चा चलिरहेका बेला प्रचण्डको सचिवालयले त्यस्ता समाचारप्रति आपत्ति प्रकट गरेको छ ।

प्रचण्डको निजी सचिवालयले मंगलबार विज्ञप्तिमार्फत मन्त्रिपरिषद फेरबदलको विषय प्रधानमन्त्रीकेा क्षेत्राधिकार भएको भन्दै अध्यक्ष प्रचण्डले बारम्बार त्यही कुरामा जोड दिएको जनाएको छ । सो विषय प्रधानमन्त्री केपी शर्मा ओलीको क्षेत्राधिकार भएको सचिवालयको भनाइ छ ।

मन्त्रिपरिषद पुनर्गठनका सन्दर्भमा सोमवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा ओली र प्रचण्डबीच छलफल भएको थियो ।

यसैबीच नेकपा केन्द्रीय सचिवालयको बैठक बुधबार बस्ने भएको छ । सो बैठकपछि मन्त्रिपरिषद पुनर्गठनको टुंगो लाग्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?