३ मंसिर, काठमाडौं । विश्वकप र एसियन कप छनौट अन्तर्गत कुवेतसँगको दोस्रो खेलमा नेपालले हारका बाबजुद सुधारिएको प्रदर्शन गरेको छ । भुटानको थिम्पुमा मंगलबार नेपाल १-० गोल अन्तरले पराजित भएको हो ।
कुवेतको घरेलु मैदानमा भने यही टीमसँग नेपाल ७-० गोलको विशाल अन्तरले पराजित भएको थियो । रंगशाला तयार नभएपछि नेपालमा हुनुपर्ने खेल भुटानमा भएको हो ।
बदर अल मतवाले २८ औं मिनेटमा कुवेतका लागि निर्णायक गोल गरे । खेलको चालिसौं मिनेटमा रोहित चन्दको प्रहारलाई कुवेतका गोलकिपरले उत्कृष्ट बचाउ गरेका थिए ।
पहिलो हाफको तुलनामा दोस्रो हाफमा नेपालको प्रदर्शनमा सुधार आएको थियो ।
समूह ‘बी’ को चौथो स्थानमा रहेको नेपालको पाँच खेलबाट जम्मा तीन अंक छ । त्यति नै खेल खेलेको कुवेत १० अंकसहित अंक तालिकाको दोस्रो स्थानमा छ ।
प्रतिक्रिया 4