+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

भारतीय अतिक्रमणविरुद्ध युरोपमा प्रदर्शन

वसन्त रानाभाट वसन्त रानाभाट
२०७६ मंसिर ४ गते १४:४७

बार्सिलोना । नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरामा भारतीय अतिक्रमणविरूद्ध युरोपमा रहेका नेपालीहरु आन्दोलित भएका छन् ।

विभिन्न देशमा अवस्थित भारतीय दूतावास तथा नियोगमा प्रर्दशनसहित ज्ञापनपत्र बुझाउँदै गैर आवासीय नेपालीहरुले बिरोध प्रदर्शन गरेका हुन्।

एनआरएनए जर्मनीलगायत संघसंस्थाहरु मिलेर मंगलबार फ्र्यांकफर्टस्थित भारतीय कन्सुलेट कार्यलयअघि बिरोध प्रदर्शन गरे। गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष कुमार पन्तसमेत सहभागी कार्यक्रममा भारतीय अतिक्रमणविरूद्ध प्ले कार्डहरु प्रदर्शन गरिएको थियो।

जर्मनी निवासी अध्यक्ष पन्तले भारतीय अतिक्रमणविरूद्ध नेपाल सरकार, सम्पूर्ण राजनीतिक दल र नेपालभित्रका नेपालीहरु एकैठाउँमा उभिएको बेलामा सम्पूर्ण गैरआबासीय नेपालीहरुपनि सँगै रहने बताए।

बिरोध कार्यक्रममा सहभागी बनेपछि अनलाइनखबरसँग कुराकानी गर्दै उनले भने, ‘सम्पूर्ण असमान सन्धि सम्झौता खारेज गरिनुपर्छ। हाम्रो भूभागबाट भारतीय सुरक्षाकर्मी नहटेसम्म गैरआबासीय नेपालीहरुले आन्दोलन जारी राक्छौ ।’ अध्यक्ष पन्तका अनुसार केही दिनभित्रमा नै जर्मनीस्थित भारतीय दूतावासमा नै संघले ज्ञापनपत्र बुझाउने तयारी गर्दैछ।

यसअघि संघले विभिन्न देशमा अवस्थित भारतीय दूतावास वा नियोगमा लिखित रुपमा ज्ञापनपत्र बुझाउन राष्ट्रिय समन्वय परिषद्हरुलाई सर्कुलर गरेको थियो।

बेल्जियममा प्रदर्शन

भारतीय अतिक्रमणविरूद्ध सोमबार बेल्जियममा रहेका नेपालीहरुले युरोपको राजधानी शहर ब्रसेल्समा प्रदर्शन गरे। ब्रसेल्सस्थित भारतीय दूतावासअघि उनिहरुले भारतले गरेको सिमा अतिक्रमणविरूद्ध नाराबाजीसमेत गरेका थिए। झण्डै सयको संख्यामा रहेका सहभागीहरुले ‘नेपाली एकता जिन्दावाद’, ‘कालापानी लिम्पियाधुरा हाम्रो हो’, ‘भारतीय सेना नेपाल छोड’ जस्ता नाराहरुसहित प्रदर्शन गरे।

कार्यक्रममा बेल्जियमस्थित एनआरएनए,संघ-संस्थाका प्रतिनिधिहरु लगायत नेपालीहरुको सहभागिता रहेको थियो। राजदूतलाई भेट्ने अनुमति नपाएपछि ज्ञापनपत्र भने उनिहरुले पोष्टबक्समा खसालेका थिए।

स्वीट्जरल्याण्डमा पनि तयारी

यसैबिच सीमा अतिक्रमणविरूद्ध स्वीटजरल्याण्डमा पनि बिरोध प्रदर्शन तथा भारतीय दूतावासमा ज्ञापनपत्र बुझाउने तयारी थालिएको छ।

एनआरएनए स्वीटजरल्याण्ड, प्रवासी नेपाली एकतामञ्च र नेपाली जनसम्पर्क समितिको संयुक्त आयोजनामा बिरोध प्रदर्शनको तयारी थालिएको हो । नोभेम्बर २६ तारिक मंगलबार भारतीय दूतावासअघि प्रदर्शन गर्ने संघसंस्थाहरुले जनाएका छन्।

लेखक
वसन्त रानाभाट

बसन्त रानाभाट अनलाइनखबरका युरोपका समाचार संयोजक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?