Comments Add Comment

राजमार्गमा होटेलमा फोहोर व्यवस्थापन गर्ने कन्टेनर अनिवार्य

६ मंसिर, काठमाडौं । सरकारले भ्रमण वर्ष २०२० अभियानअन्तर्गत सार्वजनिकस्थल सफा राख्न राजमार्गमा सञ्चालित होटेल-मोटेलहरुलाई निर्देशन जारी गरेको छ ।

अब राजमार्गसहित सार्वजनिक स्थानमा खुलेका होटेल तथा मोटेलहरुले सार्वजनिक सवारी साधनबाट उत्सर्जन हुने फोहोर व्यवस्थापन गर्न अनिवार्य कन्टेनर राख्नु पर्ने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन प्रशासनमार्फत स्थानीय तहलाई त्यसको नियमन गर्नसमेत आग्रह गरेको छ । सोही अनुसार होटेलहरुले सरसफाई व्यवस्थापनमा संरचना बनाए नबनाएको अनुमगन सम्बन्धित स्थानीय तहले गर्ने छन् ।

फोहोर व्यवस्थापनका लागि सार्वजनिक सवारी साधनको प्रस्थान र आगमन विन्दुमा फोहोर व्यवस्थापन गर्ने कन्टेनरको समेत व्यवस्था गर्न मन्त्रालयले स्थानीय सरकारहरुसमक्ष आग्रह गरेको छ ।

नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा सार्वजनिक यातायात क्षेत्र सुधारका लागि उक्त अभियान चलाउनु आवश्यक रहेको मन्त्रालयले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment