+
+

समाजवादी पार्टीसँगको एकता तत्काललाई रोकियो : राजेन्द्र महतो

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ६ गते १७:१९

६ मंसिर, जनकपुरधाम । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले समाजवादी पार्टीसँगको एकता तत्कालका लागि रोकिएको बताएका छन् ।

शुक्रबार जनकपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले समाजवादी पार्टीले सरकार छाड्न नमान्दा एकता रोकिएको बताएका हुन् ।

‘समाजवादी पार्टी सरकारबाट बाहिर आउन नमानेकै कारण एकता प्रक्रिया रोकिएको छ’ उनले भने, ‘एकताका लागि सरकार छाड्नुपर्छ भन्ने पहिलो शर्त नै पूरा हुन सकेको छैन । अनि कसरी एकता हुन्छ ?’

देशमा वैकल्पिक शक्तिको आवश्यकता रहेको तर सरकारमा बसेर त्यो सम्भव नहुने महतोले बताए ।

सरकारमा जान्नौं

महतोले आफूहरु सरकारमा सहभागी हुने सम्भावना नरहेको पनि दोहोर्‍याएका छन् । उनले भने ‘सरकारको काम सरकारमा आउन भन्नु हो । तर हामी तत्कालै जाने सम्भावना पनि छैन ।’

संविधान संशोधनलगायतका आफूहरुको मागप्रति सरकारले चासो नदिएको बेला सरकारमा सहभागी हुने प्रश्नै नहुने उनले बताए । ‘सरकारले हामीसँग पनि संविधान संशोधन गर्नेसहितका सम्झौताहरु गरे पनि कार्यान्वयन नगरेको अवस्थामा सरकारमा जान सकिन्न’ उनले भने ।

संविधान संशोधन, सांसद रेशम चौधरीको रिहाई र कार्यकर्तामाथिको मुद्दा फिर्तासहितका माग पूरा नभएसम्म सरकारमा जान नसकिने महतोको भनाइ छ । राजपा नेता महन्थ ठाकुरलाई सभामुख बनाउने र राजपा सरकारमा जाने चर्चाबारे पत्रकारले सोधेको प्रश्नमा उनले भने ‘यो सबै वाहियात चर्चा मात्रै हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?