+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

तीन दिनसम्म बदली, वर्षा र हिमपातको पनि सम्भावना

सामान्य सतर्कता अपनाउन मौसम विज्ञान विभागको अनुरोध

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ८ गते ८:४८

८ मंसिर, काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आगामी तीन दिनसम्म बदली, वर्षा र हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण देशैभर आंशिकदेखि सामान्य बदली भई केही स्थानमा हल्का वर्षा तथा उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको हो ।

महाशाखाले मौसम पूर्वानुमान बुलेटिन जारी गर्दैै सामान्य सतर्कता अपनाउन पनि अनुरोध गरेको छ ।

महाशाखाको मौसमी प्रक्षेपणअनुरुप आइतबार पनि देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आइतबार राति पनि देशका मध्य र पूर्वी भूभागमा सामान्य बद्ली रही पश्चिमी क्षेत्रमा आंशिक बदली हुनेछ । पूर्वी र मध्यपहाडी भेगका केही स्थानमा हल्का वर्षा र हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । यहीक्रम सोमबार र मंगलबार पनि जारी रहने महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?