+
+

चितल मारेर परालमा लुकाउने एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ९ गते १७:५१

९ मंसिर, चितवन । चितल मारेर परालको टौवामा लुकाउने एक जना चितवनको खैरहनीबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चितवनको खैरहनी नगरपालिका-१३ बस्ने हेमबहादुर ढुंगाना रहेका छन् । चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको बटुकदल गणका सुरक्षाकर्मीहरुले आइतबार उनलाई चितल मार्न प्रयोग गरिने खुकुरी, चक्कु र दाउसहित नियन्त्रणमा लिएको हो ।

घर नजिकैको टौवामा चितल मारेर छोपेर राखेको छ भन्ने सूचनाको आधारमा उनी पक्राउ परेको गणले जनाएको छ । ढुंगानाको घर कुमरोज सामुदायिक बन नजिकै पर्छ । पक्राउ परेका ढुंगानालाई निकुञ्ज कार्यालय कसरामा बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?