+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

अक्सफोर्ड युनिभर्सिटी प्रेसको पुस्तक विमोचन तथा शिक्षण तालिम सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १० गते १९:०२

१० मंसिर, काठमाडौं । कक्षा १ देखि कक्षा ८ सम्मका विद्यार्थीहरूको अङ्ग्रेजी भाषा कलालाई व्यवहारिक तथा अन्तरकृयात्मक विधिबाट थप मजबुत बनाउने उद्देश्य सहित अक्सफोर्ड युनिभर्सिटी प्रेसको पुस्तक बिमोचन तथा एक दिवसिय शिक्षण तालिम सेन्ट जेभियर्स स्कुल जाउलाखेल, ललितपुरमा सोमबार सम्पन्न भएको छ ।

कार्यव्रmममा डि.ए.भी.विद्यालयकी प्रिन्सिपल भुवनेश्वरी राव, सेन्ट जेभियर्स स्कुल जाउलाखेल, ललितपुरका प्रिन्सिपल फादर जर्ज एम.पी.,एस.जे लगाएत काठमाण्डौँ उपत्यकाका विभिन्न प्रतिष्ठित विद्यालयहरूका प्रिन्सीपल, डाइरेक्टर र शिक्षक–शिक्षिकाहरूको उलेख्य सहभागिता थियो ।

अक्सफोर्ड न्यू पाथ–फाइन्डर ः एन इन्टरएक्टिभ कोर्ष इन इङ्गलिस नामको पुस्तक कक्षा एक देखि कक्षा आठसम्म प्रकाशित गरिएको छ । यस पुस्तकको लेखक श्रीमती गायत्री खन्ना हुन र उनी अक्सफोर्ड युनिभर्सिटी प्रेससँग आबद्ध छिन् । उक्त एक दिवसिय शिक्षण तालिमको प्रमुख व्यक्ति श्रीमती खन्ना थिइन् ।

उनी अक्सफोर्ड युनिभर्सिटीका अलावा सि.वी.एस.ई. वोर्ड र एन.सी.ई.आर.टी.का प्रकाशनहरूको जिम्मेवारी सम्हालेकी छिन् । त्यसैगरी उनी एक चर्चित प्रशिक्षक पनि हुन । उनको करियर शिक्षिका बाट सुरू भएको थियो । पुस्तक बिमोचन लगत्तै तालिम सुरू भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?