
१२ मंसिर, काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) ले आफ्नो पार्टीका लोकसभा सांसद प्रज्ञा ठाकुरलाई रक्षा मामिला सल्लाहकार समितिबाट हटाएको छ । लोकसभा बैठकमा महात्मा गान्धीका हत्यारा नाथुराम गोड्सेलाई देशभक्त भनेपछि उनलाई समितिबाट हटाइएको बीबीसीले जनाएको छ ।
भाजपाका कार्यकारी अध्यक्ष जेपी नड्डाले आपत्तीजनक अभिव्यक्ति दिएका कारण सांसद ठाकुरलाई कारबाही गरिएको जानकारी दिए । लोकसभा बैठकमा बुधबार डिएमकेका सांसद ए राजाले गान्धी हत्याको सन्दर्भमा मन्तव्य दिइरहँदा ठाकुरले गोड्से देशभक्त भएको धारणा राखेकी थिइन् ।
भाजपाको भातृसंगठन अखिल भारतीय विद्यार्थी परिषद् र राष्ट्रिय स्वयम सेवक संघमा काम गरी सकेकी उनी २००८ मा भएको बम विस्फोट घट्नाका अभियुक्त हुन । उनले भोपालमा कांग्रेस नेता दिग्विजय सिंहलाई पराजित गरेकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4