
१५ मंसिर, काठमाडौं । उपनिर्वाचन भएका तीन प्रदेशसभा सदस्य मध्ये भक्तपुर-१ (क) को मत परिणाम सार्वजनिक भएको छ । जस अनुसार नेपाली कांग्रेसका कृष्णलाल भँडेल १३ हजार ४४९ मतसहित विजयी भएका छन् । २०७४ को प्रदेशसभा निर्वाचनमा कांग्रेसले ९ हजार ९७७ मत पाएको थियो ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का डीपी ढकालले ११ हजार २०६ मत पाएका छन् । अघिल्लो निर्वाचनमा एमाले उम्मेदवार हरिशरण लामिछाने १२ हजार ७८९ मतसहित निर्वाचित भएका थिए । लामिछानेको निधनपछि उपनिर्वाचन भएको हो । नेकपा (माओवादी केन्द्र)ले ७८४ मत ल्याएको थियो ।
तेस्रो स्थानमा रहेको नेपाल मजुदर किसान पार्टी (नेमकिपा)को पनि भोट घटेको छ । २०७४ मा सात हजार १९ मत ल्याएको नेमकिपाले यसपटक जम्मा ५ हजार ८६४ मत पाएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले ५७४ मत ल्याएको छ, २०७४ मा उसको भोट ४८५ थियो ।
अघिल्लो निर्वाचनमाा ७८३ मत पाएको साझा पार्टीको यसपटक जम्मा ३९३ भोट आएको छ ।
सत्तारुढ समाजवादी पार्टीले कूल ३२ भोट प्राप्त गरेको छ । संघीय समाजवादी पार्टीसँग एकीकरण हुनु अघि नयाँ शक्ति पार्टी एक्लैले ७८ मत ल्याएको थियो ।
नेपाली कांग्रेस (बीपी)ले जम्मा २ भोट ल्यायो । अघिल्लो चुनावमा उसको २१ मत थियो ।
अघिल्लो निर्वाचनमा उम्मेदवारी नदिएको नेकपा (माले)ले ३७ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले ५ मत पाए । यो क्षेत्रमा १० जना स्वतन्त्र उम्मेदवार थिए ।
प्रतिक्रिया 4