+
+

विद्या भट्टराईलाई दिए कांग्रेस उम्मेदवारले बधाई

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १५ गते १८:४२

१५ मंसिर, काठमाडौैं । कास्‍की २ मा नेकपाकी उम्मेदवार विद्या भट्टराईको जित निश्चित भएपछि नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले बधाई दिएका छन् ।

उनले मतगणनास्थलमा विद्यालाई खादा ओ‌ढाएर जितको शुभकामना दिएका हुन् ।

कास्की २ मा नेकपाकी उम्मेदवार भट्टराई साढे ८ हजार मतान्तरले विजयी भइन् ।

भट्टराईले २४ हजार ३ सय ९५ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज पौडेलले १५ हजार ९८६ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?