Comments Add Comment

बूढीगण्डकीको बाँकी मुआब्जा वितरण प्रक्रिया सुरु

१७ मंसिर, काठमाडौं । जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजनाको बाँकी मुआब्जा वितरण प्रक्रिया सरकारले अघि बढाएको छ ।

जिल्ला प्रशासन कार्यालय, गोरखाले  १०३२ र धादिङले १७१६ जग्गाधनीहरूको थाती मुआब्जा वितरण प्रक्रिया मंगलबार सार्वजनिक सूचना जारी गर्दै अघि बढाएको हो ।गोरखातर्फ साविक आरूचनौटे र थुमी गाविस तथा धादिङतर्फ साविक सल्यानटार गाविसको मुआब्जा वितरण प्रक्रिया राेकिएकाे थियाे । अन्य स्थानमा वितरण भए पनि  यो क्षेत्रमा भने जग्गाको वर्गीकरणलगायत विवादले राेकिएकाे थियो । विवाद समाधानपछि मुआब्जा वितरण प्रक्रिया अघि बढाइएको हो ।

जिल्ला प्रशासन कार्यालय, गोरखा र धादिङले मंगलबार एक सूचना जारी गर्दै जग्गा प्राप्ति ऐन, २०३४ को दफा ९, १० र ११ बमोजिम मुआब्जा वितरणका लागि निवेदन आह्वान गरेको जनाएका छन् ।

लाभग्राहीले मंसिर १८ देखि निवेदन दिन समय दिइएको छ । गण्डकी गाउँपालिका–८ स्थित सिउरेनिटारमा रहेको बूढीगण्डकी जललविद्युत् आयोजनाको कार्यालयलाई दुवै जिल्लाका प्रशासन कार्यालयले निवेदन बुझाउने स्थान तोकेका छन् । सूचीमा धादिङतर्फ १७१६ र गोरखातर्फ १०३२ जग्गाधनी परेका छन् ।

जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको चर्चा लामो समयदेखि चले पनि यसको क्षमता र निर्माण मोडालिटीलगायतमा अन्योलता छ । नेपालको जलविद्युत् उत्पादनमा यो आयोजनाको ठूलो योगदान रहने भए पनि यसले गति पक्डन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment