+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

सौगात र नम्रताको ‘माछा माछा’को प्रिमियर

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १९ गते १२:२४

भोली शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘माछा माछा’को प्रिमियर काठमाण्डौको वीग मुभिजमा गरिएको छ । बुधबार बेलुकी चलचित्रका कलाकार, पत्रकार र दर्शकको उपस्थितीमा यो चलचित्रको प्रिमियर गरिएको हो ।

प्रिमियरमा चलचित्रका मुख्य कलाकार सौगात मल्ल, विजय बराल, नम्रता श्रेष्ठ, श्रृष्टी श्रेष्ठ, निर्माता दयाहाङ राई, रामबाबु गुरुङ, निर्देशक सुनिल गुरुङ उपस्थित थिए । यस्तै, चलचित्र हेर्नका लागि नायिका मिरुना मगर पनि हल पुगेकी थिइन् । चलचित्र ‘माछा माछा’ले पैसाको कथालाई उठान गरेको छ ।

तीन जना साथी र उनीहरुको पैसा कमाउने धुनमा आइपर्ने विभिन्न उतारचढाव नै यो चलचित्रको मुख्य कथा हो । चलचित्रको कथामा तीन मात्र गोलचक्करमा घुमेका छन् । एकपछि अर्को घटनाक्रमले दर्शकलाई वाँधिराखेको छ । कलाकार विजय बरालको कमेडीले दर्शकलाई होल्ड गर्छ ।

यस्तो कथावस्तुमा चलचित्र यसअघि नबनेका होइनन् । तर, पनि चलचित्र हेर्दा दर्शकले मनोरञ्जन भने प्राप्त गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?