+
+

पौडीमा एलेक्स र डुवाआले बनाए नयाँ राष्ट्रिय कीर्तिमान

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १९ गते १३:०८

१९ मंसिर, काठमाडौं । पौडीबाज एलेक्स शाह र डुवाआ लामाले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

एलेक्सले १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत २०० मिटर फ्रि स्टाइल पुरुषमा शिरिष गुरुङको कीर्तिमान तोडेका हुन् । उनले निर्धारित दूरी २ मिनेट २ दशमलव ३० सेकेण्डमा पुरा गरे । यसअघि शिरिषले १२औं फिना वल्र्डकप २०१४ मा २ मिनेट ६ दशमलव ३५ सेकेण्डको रेकर्ड राखेका थिए ।

यस्तै बिहीबार नै २०० मिटर ब्रेस्टस्ट्रोकमा डुआनाले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।

सातदोबाटोस्थित पौडी पोखरीमा उनले निर्धारित दुरी २ मिनेट ४८ दशमलव ५७ सेकेण्डमा पुरा गरेकी हुन् । यसअघि नेपालगञ्जमा भएको आठौं राष्ट्रिय खेलकुदमा २ मिनेट ५५ दशमलव ०९ सेकेण्डको रेकर्ड उनकै नाममा थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?