+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

कुस्तीमा कम्तीमा तीन वटा स्वर्ण जित्ने नेपालको लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १९ गते २०:२१

१९ मंसीर, जनकपुरधाम । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गतको कुस्ती खेलमा नेपालले कम्तीमा तीन वटा स्वर्ण जित्ने लक्ष्य राखेको छ । २० वटा स्वर्ण पदकका लागि हुने कुस्तीमा नेपालले दुई वटा पुरुषतर्फ र एक महिलातर्फ स्वर्ण जित्ने लक्ष्य राखेको हो ।

‘हामी योभन्दा बढी स्वर्ण जित्ने आशमा छौं’ कुस्ती खेलका प्रशिक्षक ब्रहमदेव यादवले भने, “तर तीन वटा स्वर्ण हामीले ल्याउँछौं ।”

कुस्ती प्रतियोगिता पुरुषतर्फ ५७ किलो, ६१ किलो, ६५ किलो, ७० किलो, ७४ किलो, ७९ किलो, ८६ किलो, ९२ किलो, ९७ किलो र १ सय २५ किलो तौल समूहमा प्रतिस्पर्धा गरिनेछ ।

महिलातर्फ ५० किलो, ५३ किलो, ५५ किलो, ५७ किलो, ५९ किलो, ६२ किलो, ६५ किलो, ६८ किलो, ७२ किलो र ७६ किलो तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

यसमध्ये नेपालले सात वटा तौल समूहमा मात्रै प्रतिस्पर्धा गर्नेछ । पुरुषतर्फ ५७, ६५, ७०, ७९, ८६, ९२ र १ सय २५ तथा महिलातर्फ ५०, ५३, ५७, ६२, ६५ र ६८ किलो तौल समूहमा प्रतिस्पर्धा गर्नेछ ।

नेपालका खेलाडीमध्ये सुरेश चुनारा, सरोज यादव तथा शिवानी दुबेलाई स्वर्ण पदकको दाबेदार मानिएको छ । ‘यी तीन जनाले नेपालका लागि स्वर्ण जित्नेमा आशावादी छृु’ प्रशिक्षक यादवले भने, “उहाँहरुले तालिममा देखाउनुभएको क्षमताले उहाँहरु स्वर्ण ल्याउनेमा हामी ढुक्क छौं ।”

सुरेशले ७० किलो तौल समूहमा, सरोजले ६५ किलो र ५३ किलो तौल समूहमा शिवानी दुबेले स्वर्ण जित्ने आश नेपालले राखेको छ ।

यसबाहेक हाम्रा १४ जना खेलाडीमध्ये कोही पनि खाली हात नजाने विश्वास उनको छ । ‘हाम्रो देशका हरेक खेलाडीले पदक पाउँछन्’ उनले भने, “कसैले रजत र कास्य पदकहरु भएपनि पाउनेछन् ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?