+
+

११ करोड लगानीमा प्लास्टिक विस्थापन गर्ने उद्योग

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २२ गते १३:१७

२२ मंसिर, बुटवल । रुपन्देहीको तिलोत्तमामा प्लास्टिकको पाउचलगायतलाई विस्थापित गर्ने सामान उत्पादन गर्ने उद्योग स्थापना सुरु भएको छ ।

गत असोजमा सम्पन्न तिलोत्तमा लगानी सम्मेलनमा गरिएको प्रतिबद्धताअनुसार नोबेल प्लास्ट प्रा.लि.ले वातावरण प्रदूषण गर्ने प्लास्टिकको पाउचलगायतलाई विस्थापित गर्ने गरी पुनः प्रयोग हुने बाल्टिन, फर्निचर, घरायासी उच्चस्तरीय सामानहरु उत्पादन गर्ने उद्योग सुरु गरेको हो ।

नोबेलले तिलोत्तमा-१७, गंगोलियामा १२ कठ्ठा जमिनमा ११ करोड लगानी गर्ने गरी उद्योग निर्माणको काम अघि बढाएको हो ।

उद्योगले एक वर्षभित्रै उत्पादन थाल्ने सञ्चालक भोजराज जिसीले बताए । उद्योगमा तीन जनाको लगानी रहेको छ ।

जीसीसँगै डिलाकुमारी बगाले र नन्दीकेशर ढकालको उद्योगमा लगानी छ । उद्योग सञ्चालनको पहिलो वर्ष ७२० टन प्लास्टिकका पुनः प्रयोग हुने सामान उत्पादन गरी बिक्री गर्ने लक्ष्य लगानीकर्ताहरुले राखेका छन् ।

उद्योगमा कम्तिमा ५० जनाले प्रत्यक्ष रोजगारी पाउने र ५ सय जना अप्रत्यक्ष रुपमा लाभान्वित हुने उद्योगका सञ्चालक नन्दीकेशर ढकालले जानकारी दिए ।

शनिवार उद्योग शिलन्यास गर्दै तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले लगानी सम्मेलनमा जनाएको प्रतिबद्धताअनुसार अरु लगानीकर्ताहरुले पनि परियोजना कार्यान्वयन प्रक्रिया अघि बढाएको बताए ।

सम्मेलनपछि तिलोत्तमामा नयाँ लगानीकर्ताहरु थपिने क्रम बढेको बताउँदै उनले नगरपालिकाले मापदण्ड निर्माण गरी नगरपालिकामा बन्ने परियोजनाका लागि सडक, विद्युत्, पानीलगायतका पूर्वाधारमा सहजीकरण गर्ने बताए ।

उद्योगका उत्पादनले वातावरण प्रदूषण नगराउने बरु वातावरण प्रदूषण गर्ने प्लास्टिक झोलालाई विस्थापित गराउने प्रबन्ध सञ्चालक जिसीले प्रष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?