+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

विप्लव समूहका मेचीनगर इञ्चार्ज पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २२ गते १३:३१

२२ मंसिर, काठमाडौं । प्रहरीले प्रतिवन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका मेचीनगर इञ्चार्जलाई पक्राउ गरेको छ ।

झापा जिल्ला समिति सदस्य समेत रहेका शिवसताक्षी–४, पाँचगाछीका ३७ वर्षीय यामकुमार गिरी पक्राउ परेका हुन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले गिरीलाई गएराति तिनकुनेबाट पक्राउ गरेको हो ।

महाशाखा प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार विर्तामोडको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको केन्द्रीय कार्यालयमा विष्फोट गराएको कसुरमा उनलाई पक्राउ गरिएको हो ।

गिरीविरुद्ध विस्तृत अनुसन्धान थालिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?