+
+

कतारमा मृत्युदण्ड कुरिरहेका सुनिललाई बचाउन २५ लाख सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २२ गते १५:१२

कतार । कतारमा मृत्युदण्ड कुरिरहेका मोरङ सुन्दरहरैचाका सुनिल उराव बचाउन २५ लाख सहयोग प्राप्त भएको छ ।

‘विनोद रानाभाट बचाऔं अभियान’मा संकलन भएको रकममध्ये मौज्दात रहेकोे एक करोड २१ लाख ७३ हजार रुपैयाँबाट २५ लाख रुपैयाँ सुनिल उरावको जीवन रक्षाको निम्ति हस्तान्तरण गरिएको छ ।

चार वर्षअघि सामान्य बादविवादमा धकेल्दा लडेर एउटै कोठामा बस्ने झापाका रेवत रावलको मृत्यु भएपछि त्यसबेला नै पक्राउ परेका सुनिललाई दोषी ठहर गर्दै कतारको अदालतले मृत्युदण्ड दिने फैसला गरेको थियो ।

अदालतले मृत्युदण्डबाट बच्न निर्धारित अवधिभित्र ३५ लाख ब्लडमनी तिर्नुपर्ने फैसला गरेको थियो । तर रकम नजुट्दा उनी मृत्युडण्ड पर्खेर जेलमा बसेका थिए ।

रानाभाटको लागि खर्च नभइ मौज्दात रहेको रकम वैदेशिक रोजगारका क्रममा गम्भीर स्वास्थ्य समस्यामा परेका र अन्य आर्थिक समस्यामा परेका १० जनालाई दिने निर्णय सहयाेगी नेपालले गरेको थियो । सोही बमोजिम उरावको जीवन रक्षाको लागि दिइएको बताइएको छ ।

उक्त रकम शनिवार चितवनमा एक कार्यक्रमकाबीच सुनिलको परिवारलाई हस्तान्तरण गरिएको कतारमा रहेका अभियन्ता निर्मल बरालले जानकारी दिए ।

पहिलो चरणमा १० जना पीडितलाई रकम दिने निर्णय बमोजिम एक जनालाई यसअघि नै सहयोग गरिसकिएको र अन्य ८ जनालाई आवश्यकता अनुसार सहयोग गरिने ‘सहयोगी नेपाल’ ले जनाएको छ ।

  • सरोज बास्तोलाबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?