
कानमा लगाउने झुम्का त देख्नु भएकै होला । साँच्ची तपाईंले कति ठूलो झुम्का देख्नुभएको छ ? सायद ३० फिट लामो झुम्का त देख्ने मात्र होइन, कल्पना पनि गर्नुभएको छैन होला ।
भारतको बरेलीमा अहिले ३० फिटको झुम्का चर्चित बनेकेा छ । दुनियाकै ठूलो यो झुम्का हेर्नका लागि मानिसहरु झुम्मिएका छन् ।
यो विशालकाय झुम्कालाई चौबाटोमै अग्लो स्थानमा राखिएको छ र त्यस चौबाटोको नाम नै झुम्का चौराह राखिएको छ ।
यो झुम्का बनाउनका लागि झण्डै ४० लाख भारु खर्च भएको बताइएको छ । भारतको गुरुग्राममा यो झुम्काको डिजाइन गरी मुरादाबादमा यसको निर्माण गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4