
२२ मंसिर, काठमाडौं । भारत र श्रीलंका १३ औं दक्षिण एसियाली खेलकुदअन्तर्गत कबड्डीको पुरुषतर्फको स्पर्धामा फाइनल प्रवेश गरेका छन् ।
आइतबार हल्चोकस्थित सशस्त्र प्रहरी बलको कभर्डहलमा भारतले नेपाललाई ६२–२६ ले पराजित गर्यो । हारसंगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । पाँच राष्ट्र सहभागी पुरुष कबड्डीमा भारत शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो । उपाधिका लागि भारतले श्रीलंकासंग खेल्ने छ ।
राउन्ड रोविन लिगको अर्को खेलमा श्रीलंकाले बंगलादेशलाई ३५–२० ले हराउदै समूह उपविजेताका रुपमा फाइनलमा स्थान पक्का गरेको थियो । बंगलादेशसंगै पाकिस्तानले तेश्रो स्थानमा चित्त बुझाए ।
महिलातर्फ भने नेपालले भारतसंग उपाधि भिडन्त पक्का गरिसकेको छ । सागको कबड्डीमा कुनै पनि टोली फाइनलमा पुगेको पहिलो पटक हो । फाइनल सोमबार हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4