+

१४ औं साग पाकिस्तानमा गर्ने निर्णय

२०७६ मंसिर  २३ गते १७:१७ २०७६ मंसिर २३ गते १७:१७
१४ औं साग पाकिस्तानमा गर्ने निर्णय

२३ मंसिर, काठमाडौं । १४ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता पाकिस्तानमा गर्ने निर्णय भएको छ ।

सोमबार बसेको दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले १४ औं साग पाकिस्तानमा गर्ने निर्णय गरेको नेपाल ओलम्पिक कमिटीले जानकारी दिएको छ ।

बैठकको निर्णयमा भनिएको छ ‘आगामी १४ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) पाकिस्तानमा आयोजना गर्ने निर्णय भएको छ र ६ महिनाभित्रमा दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठक पाकिस्तानमा आयोजना गरी १४ औं दक्षिण एसियाली खेलकुदको मिति तय गरिनेछ ।’

सोमबार नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले दक्षिण एसियाली ओलम्पिक काउन्सिलको सचिवालय नेपालमाराख्ने निर्णय पनि गरेको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय