+
+

केकीका २ रुप

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २५ गते ११:५३

नायिका केकी अधिकारीले अभिनय गरेको चलचित्र ‘छ माया छपक्कै’ असोजमा रिलिज भयो । चलचित्रले बम्पर कमाई गर्दै गर्दा केकीको कामको पनि प्रशंसा भयो । भलै, केकीले चलचित्र सफलताको पूर्ण क्रेडिट भने पाइनन् ।

केकी अधिकारीलाई अभिनय गर्न जान्ने नायिका भनेर चिनिन्छ । केकीकै कारणले गर्दा चलचित्रले बक्स अफिसमा उछाल त ल्याउँदैन । तर, चलचित्रमा उनले हरेक भूमिका निर्वाह गर्न भने सकेको देखिन्छ ।

उनै, केकी अधिकारीका दुई तस्वीर सार्वजनिक भएका छन् । एक तस्वीरमा उनी गाउँकी सोझी यूवतीको भूमिकामा देखिएकी छिन् भने अर्को तस्वीरमा उनी बोल्ड अवतारमा देखिएकी छिन् ।

केकी चलचित्र ‘झिंगे दाउ’को छायांकनमा व्यस्त छिन् । केकीको यो भूमिकाले तारिफ पाउने अपेक्षा गर्न सकिन्छ । अर्कोतिर, केकीले आइटम नृत्य गरेको चलचित्र ‘सेल्फी किङ्ग’को ‘जाली रुमाल’ बोलको गीत केही दिनमै सार्वजनिक हुँदैछ । यो गीतमा भने केकी बोल्ड अवतारमा देखिएकी छिन् ।

यी दुई रुपले केकीमा अभिनयको विविधता झल्काउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?