+
+

सरकारका प्रवक्ता भन्छन्– विहीबार विदा दिइएको छैन

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २५ गते १९:५९

२५ मंसिर, काठमाडौं । संघीय सरकारले विहीबार उधौली पर्व एवं योमरीपुन्हिका दिन सार्वजनिक विदा दिने निर्णय नगरेको सरकारका प्रवक्ता एवं सुचना प्रविधि मन्त्री गोकुल बास्कोटाले बताएका छन् ।

विहीबार मार्ग शुक्ल पूर्णिमाका दिन जनजाति समुदायले उधौली पर्व मनाउँछन् भने  नेवार समुदायले योमरीपुन्हि  मनाउने गर्दछन् ।

डिसेम्बर १२ को दिनलाई अन्तरराष्ट्रिय तटस्थ दिवस पनि मान्ने गरिन्छ ।

कतिपय सञ्चार माध्यमले गृहमन्त्रालयको हवाला दिँदै विहीबार संघीय सरकारले सार्वजनिक विदा दिएको चर्चा गरे पनि संघीय सरकारका तर्फबाट विदा दिने कुनै निर्णय नभएको मन्त्री बास्कोटाले अनलाइनखबरलाई बताए ।

‘स्थानीय पर्वहरुको सन्दर्भमा सूचना विभागले प्रकाशित गरेको क्यालेन्डर अनुसार हुन्छ । राष्ट्रिय रुपमा विहीबार विदाइ दिइएको कुरा अफवाह मात्र हो’ मन्त्री बास्कोटाले भने, यसबारे कुनै भ्रममा नपर्न म सम्बन्धित सबैलाई स्पष्ट पार्न चाहन्छु ।’

‘स्थानीय पर्वमा तत् तत्. ठाउँमा कसैले स्थानीय रुपमा विदा दिएका हुन सक्छन्’ भन्दै मन्त्री बास्कोटाले थपे, ‘तर, संघीय सरकारले यसमा विदा दिएको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?