+
+

ए डिभिजन लिगलाई कतार एयरवेजको साथ

एन्फासँग १ करोड ७० लाखको सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २६ गते १६:०६

२६ मंसिर, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगले पहिलो पटक अन्तर्राष्ट्रिय प्रायोजक पाएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले कतार एयरवेजसँग २०७६ सालको लिगका लागि सम्झौता गरेको हो ।

एक वर्षको लागि १ करोड ७० लाख (१ लाख ५० हजार अमेरिकी डलर) रुपैयाँमा उक्त लिग सम्झौता भएको हो । प्रायोजनको रकम दुई किस्तामा उपलब्ध हुने अखिल नेपाल फुटबल संघले जनाएको छ ।

एन्फाले सबै ए डिभिजन क्लबलाई लिग तयारी खर्चवापत २० लाख रुपैयाँ दिने भएको छ । ५ जना उत्कृष्ट खेलाडीलाई यसवर्ष मोटरसाइकलको सट्टा नगद दिन लागिएको छ । उत्कृष्ट खेलाडीले अब जनही १ लाख ५० हजार रुपैयाँ पाउने एन्फाका महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए ।

लिगका लागि क्लबले ४ जना विदेशी खेलाडी राख्न पाउनेछन् । जसमा एक जना दक्षिण एसियाली देशको हुनुपर्नेछ । चार जना विदेशी खेलाडी एकै पटक खेलाउन पाउने एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले जानकारी दिए । क्लबले १८ देखि ४५ जना खेलाडी मात्र दर्ता गराउन पाउनेछन् ।

लिगको उद्घाटन खेल मछिन्द्र र बिग्रेड ब्वाइजबीच हुनेछ । दशरथ रंगशालामा खेल हेर्न साधारण प्याराफिटमा २ सय र भीआईपी प्यारापिटका लागि ५ सय रुपैयाँ टिकट शुल्क तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?