
२७ मंसिर, काठमाडौं । मकवानपुरको भिमफेदी गाउँपालिका-२ बाट अवैध लागूऔषध चरेशसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बारा पचरौटा नगरपालिका-७ बस्ने बा.४० प ७२४० नम्बरको मोटरसाइकल चालक १९ वर्षीय अरबिन्द कुमार पटेल र बारा आदर्श कोटवाल गाउँपालिका-७ बस्ने १९ वर्षीय सुलतान अंसारी रहेका छन् ।
मकवानपुर भिमफेदीमा खटिएको प्रहरीले पालुङबाट हेटौंडातर्फ जाँदै गरेको उक्त मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा झोलामा लुकाएर लैजान लागेको अवस्थामा करिब १० केजी लागूऔषध चरेश बरामद भएको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4