
३० मंसिर, काठमाडौं । नेपाली कांग्रेसले नेपाल विशेष सेवाको गठन, सञ्चालनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले मौलिक हक कुण्ठित गर्ने भन्दै यसलाई फिर्ता लिन माग गरेको छ ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले सोमबार विज्ञप्ति जारी गरी कांग्रेसले उक्त विधेयकले नागरिक स्वतन्त्रतालाई कुण्ठित गर्ने, नागरिकका सूचना चुहावट हुने र गोपनीयता भंग गर्ने भएकाले संविधान प्रतिकुल भएको उल्लेख गरेका छन् ।
उनले संविधान प्रतिकुल र नागरिक स्वतन्त्रता र हित विपरीत हुने गरी विधेयक नल्याउन पनि सरकारलाई सचेत गराएको छ ।
सरकारले राष्ट्रिय अनुसन्धान विभागसम्बन्धी विषय समेटेर विशेष सेवासम्बन्धी विधेयक ल्याएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4