+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

एनआईसी एशिया बैंकको एकैसाथ ६ नयाँ शाखा उद्घाटन

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ३० गते १८:०२

३० मंसिर, काठमाडौं। ग्रामीण तथा शहरी क्षेत्रमा आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एनआईसी एशिया बैंकले एकै साथ काठमाडौंमा ६ नयाँ शाखा कार्यालयहरुको औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ ।

काठमाडौं महानगरपालिका वडा नं. १६ बोहोराटारस्थित बोहोराटार शाखाको स्थानीय टोल सुधार तथा उपभोक्ता समितिका अध्यक्ष कालिकाप्रसाद घिमिरेबाट, काठमाडौं महानगरपालिका वडा नं. १४, कलंकीस्थित खसीबजार शाखाको सोही वडाका वडा अध्यक्ष शोभा सापकोटाबाट, काठमाडौं महानगरपालिका वडा नं. १६, माछापोखरीस्थित माछापोखरी शाखाको सोही वडाका वडा अध्यक्ष मुकुन्द रिजालबाट, काठमाडौं महानगरपालिका वडा नं. ३२, नरेफाँटस्थित नरेफाँट शाखाको सोही वडाका वडा अध्यक्ष नवराज पराजुलीबाट, काठमाडौं महानगरपालिका वडा नं. २८, पुतलीसडकस्थित पुतलीसडक शाखाको सोही वडाका वडा अध्यक्ष भाइराम खड्गीबाट र काठमाडौं महानगरपालिका वडा नं. ३ स्वयम्भूस्थित स्वयम्भू शाखाको सोही वडाका वडा अध्यक्ष प्रेमलाल श्रेष्ठबाट एक समारोहकाबीच उद्घाटन सम्पन्न भयो । उक्त विभिन्न शाखाहरु सञ्चालनमा आएसँगै सो क्षेत्रका स्थानीयलाई बैंकिङ सेवा प्राप्त गर्न सहज हुने विश्वास बैंकले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?