३ पुस, काठमाडौं । अत्याधिक चिसो बढेपछि कैलालीको धनगढी उपमहानगरपालिकाले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
बिहीबार बिहान शिक्षा सरोकारसँग बसेको बैठक पछि उपमहानगरपालिकाले वर्षे र हिउँदे बिदाबाट मिलान हुने गरी बिहीबार र शुक्रबार दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले जानकारी दिए ।
केहीदिन देखि मौसममा आएको खराबीका कारण चिसो बढ्न जाँदा विद्यालय नियमित सञ्चालन गर्न कठिनाइ भएपछि उपमहानगरपालिकाभित्र रहेका सामुदायिक र संस्थागत विद्यालय बन्द गर्ने निर्णयमा पुगेको उनले बताए ।