+
+

सभामुख र उपसभामुखमा समाजवादीको दाबी छैन : बाबुराम भट्टराई

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष ४ गते १८:०३

४ पुस, काठमाडौं । सत्ता साझेदार दल समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिनिधिसभाको सभामुख र उपसभामुख दुवैमा आफ्नो पार्टीको दाबी नरहेको बताएका छन् ।

‘बहुमत प्राप्त नेकपाको नेतृत्वमा सरकार भएको हुनाले उहाँहरुले जे चाहनुभयो त्यही हुन्छ । त्यसकारण हाम्रो कुनै दाबी छैन्,’ शुक्रबार नयाँ बानेश्वर परिसरमा पत्रकारहरुसँग कुरा गर्दै डा. भट्टराईले भने ।

हाल सभामुखको पद रिक्त छ । उपसभामुखमा नेकपाकै प्रतिनिधि शिवमाया तुम्बाहाम्फे छन् । सभामुख र उपसभामुख दुवै एकै दलका प्रतिनिधि रहन नहुने संवैधानिक व्यवस्था अनुसार दुवै पदमा निर्वाचन गराउने तयारी नेकपाको रहेको छ ।

यस्तै अध्यक्ष भट्टराईले सरकारमा रहने वा नरहनेबारे पार्टीले छिट्टै निर्णय लिने पनि बताएका छन् ।

‘हामी टेक्निकल्ली सरकारमा छौं । संविधान संशोधन गर्ने भनेर शसर्त सरकारमा गएका हौं तर, यसमा उहाँहरुले चासो देखाइरहनुभएको छैन् । अब अन्तिम पटक उहाँहरुसँग कुरा गछौर्ं र सरकारमा रहने नरहनेबारे निर्णय गछौर्ं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?