+
+
Shares

साइकल लेन विदेशीले खुब मन पराउँदा रहेछन् : चिरिबाबु

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष ९ गते १०:३०

९ पुस, काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आफ्नो महानगरपालिकाले सुरु गरेको साइकल लेनलाई अन्य नगरपालिकासँग जोडेर तन्काउन प्रस्ताव गरेका छन् । भ्रमण वर्ष अवधिमा काठमाडौं उपत्यकामा विदेशीका लागि साइकल यात्रा मुख्य आकर्षण बन्न सक्ने भन्दै उनले यस्तो प्रस्ताव गरेका हुन् ।

‘साइकल लेनलाई विदेशीले खुब मन पराउने रैछन,’ बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मन्त्रालयमा आयोजना गरेको काठमाडौं उपत्यकाभित्रका स्थानीय तहका प्रमुखहरुसँगको छलफलमा महर्जनले भने, ‘ललितपुरबाट सुरु भएको साइकल लेनलाई अन्य नगरपालिकासँग जोडौं ।’

पर्यटकबीच नेपालको छवि नबिग्रियोस भनेर महानगरपालिकाले सरसफाईलाई मुख्य प्राथमिकता दिइएको उनले जानकारी दिए । ‘हामीले सफाईलाई मुख्य प्राथमिकता दिएका छौं, काठमाडौंको सिको गर्दै ब्रुमर किन्यौ, त्यसले सडक बढाइरहेको छ,’ उनले भने ‘सडकको दायाँबायाँ वृक्षारोपण गरिएको छ, हिउँदमा रुख नमरोस भनी ट्यांकरबाट नियमित रुखमा पानी राख्ने काम भइरहेको छ ।’

ललितपुरको मुख्य पर्यटकीय गन्तव्य पाटनमा पर्यटकको बसाइ अवधि लम्ब्याउन प्रयास भइरहेको समेत उनले जानकारी दिए । ललितपुरमा पुनर्निर्माणका धेरै काम सकिने क्रममा रहेको उनले बताए । भ्रमण वर्ष अवधिभर विभिन्न खाका नै बनाएर काम अगाडी बढाइएको महर्जनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?