+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
६४ बलमा ११३ रन आवश्यक
चितवन राइनोज 2025
57/4 (9.2)
Shares

महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने चन्द्र ढकालको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष ११ गते १६:३६

११ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगततर्फका उपाध्यक्ष तथा व्यवसायी चन्द्रप्रसाद ढकालले महासंघको बरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । बाग्लुङ उद्योग वाणिज्य संघको आयोजनामा बाग्लुङमा सुरु भएको बाग्लुङ महोत्सवको उद्घाटन समारोहमा उनले बरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारीको घोषणा गरेका हुन् ।

‘बाग्लुङ उद्योग वाणिज्य संघले मलाई बरिष्ठ उपाध्यक्ष पदमा प्रस्ताव गर्‍यो, महासंघका थुप्रै केन्द्रीय सदस्यहरु पनि कार्यक्रममा उपस्थित भएरै प्रस्ताव गर्नुभयो,’ ढकालले बाग्लुङबाट अनलाइनखबरसँग टेलिफोन सम्वादमा भने,’साथीहरुको प्रस्तावको समर्थन गर्दै मैले महासंघको बरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुँ ।’

बाग्लुङ ढकालको गृह जिल्ला पनि हो । ढकाल यसअघि देखि नै महासंघको बरिष्ठ उपाध्यक्षमा बलियो दावेदारको रुपमा हेरिएका थिए ।

हालको विधान अनुसार महासंघको बरष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ । अब हालका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष हुँदैछन् । यसै वर्ष यो व्यवस्थासहित विधान संशोधन गर्ने तयारी भएपनि सहमतिमा सो प्रक्रिया रोकेर गोल्छालाई अध्यक्ष बनाइँदैछ ।

यही व्यवस्थाका कारण महासंघको बरिष्ठ उपाध्यक्षमा हुने चुनावी भीडन्त भावी अध्यक्षका रुपमै हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?