+
+

घुससहित सशस्त्र प्रहरीका एक जवान पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १४ गते १८:०७

१४ पुस,  काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ हजार ५ सय रुपैयाँ घुससहित मोरङको बख्री बोर्डर आउट पोष्टमा कार्यरत एक जना सशस्त्र प्रहरीका जवानलाई नियन्त्रणमा लिएको छ ।

भारतबाट प्याज ल्याउने कार्यमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग उक्त रकम घुस लिइसकेको अवस्थामा सशस्त्र प्रहरीका जवान सचित नारायण विश्वासलाई नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले उनलाई विराटनगर महानगरपालिका-११ बसपार्क स्थित न्यू अप्सरा गेष्ट हाउसबाट नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?