
१७ पुस, काठमाडौं । पर्सा प्रहरीले आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमानलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पर्सागढी नगरपालिका-५ पचरुखा बस्ने २७ वर्षीय देवा महतो रहेका छन् । २३ वर्षीया श्रीमती ललिता देवीलाई कुटपीट गरी हत्या गरेको अभियोगमा महतो बिहीबार पक्राउ परेका हुन् ।
एक महिना अगाडि श्रीमानको कुटपिटबाट घाइते भएकी ललिताको नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको थियो ।
महतोलाई नियन्त्रणमा लिएर घटनाका बारेमा आवश्यक अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4