Comments Add Comment

बैंकहरू र एनसीएचएलद्वारा संयुक्तरुपमा रु १०० अभियान शुरु

२० पुस, काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले बैंक खातामा आधारित डिजिटल कारोबारलाई कनेक्ट आईपीएस ई-पेमेन्ट प्रणालीमार्फत प्रबर्द्धन गर्न नेपालका अग्रणी बैंकहरुसँग संयुक्त प्रबर्द्धन अभियान शुरु गरेको छ ।

बैंकका ग्राहकहरुले आफ्नो बैंक खातालाई कनेक्ट आईपीएसमा लिंक र भेरिफाई गरेपछि प्रबर्द्धन अवधिभित्र सम्बन्धित बैंकले उनीहरुको खातामा रु १०० जम्मा गरिदिनेछ ।

सो रु १०० बराबरको इन्सेन्टिभ हाललभ्मी बैंक, सिटिजन बैंक इन्टरनेशनल, नबिल बैंक र नेपाल बैंकका ग्राहकहरुका लागि उपलब्ध रहेका छन् । बैंकले आफ्ना शाखाहरुबाट युजर आइडी बनाउन र बैंक खाता लिंक गर्न ग्राहकहरुलाई सहयोग गर्नेछन् ।

ग्राहकहरुले www.connectips.com यसको मोबाइल एप वा बैंकको आˆनै मोबाइल बैकिंग प्रयोग गरेर सिधैं आˆनो बैंक खाताबाट भुक्तानी कारोबार गर्न सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment