+
+

चितवनमा माघ २४ गतेदेखि क्यान मेला

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २१ गते ११:३५

२१ पुस, चितवन । चितवनमा माघ २४ गतेदेखि पाँचौ संस्करणको क्यान इन्फोटेक मेला हुने भएको छ । नारायणगढको लायन्सचोकस्थित तरकारी बजार क्षेत्रमा हुने मेला ५ दिनसम्म चल्ने छ ।

‘चितवनको समृद्धि सूचना प्रविधि’ भन्ने नाराका साथ हुने मेलामा कम्प्युटर हार्डवेयर, सफ्टवयेर, साइवर सुरक्षा, स्मार्ट टिभी, उच्च शिक्षा सम्बन्धी सेवा प्रदान गर्ने कलेज एवम् परामर्शदाताका गरी ८१ वटा स्टल रहने छन् ।

क्यान चितवन शाखाले सोमबार भरतपुरमा पत्रकार सम्मेलन गरी मेलाका बारेमा जानकारी दिएको हो ।

क्यान चितवन शाखा अध्यक्ष सन्तोषजनक भुसालले देशभित्र नै बसेर सूचना प्रविधिको क्षेत्रमा भविष्य बनाउन चाहाने युवा विद्यार्थीहरुको प्रतिभा देखाउने र प्रोत्साहान गर्ने उद्देश्यले मेला आयोजना गरिएको बताए ।

मेलामा आईटी सम्बन्धी अन्तरक्रिया, डिजिटल नेपाल प्रविधि प्रर्दशनी तथा प्रतियोगिता, जनचेतनामूलक कार्यक्रम तथा सेमिनार, रोवोटिक्स प्रर्दशनी, टोल विकास संस्थाका प्रतिनिधिहरुलाई आईटी अवयरनेश कार्यक्रम राखिने छ ।

मेलामा जिल्लामा नै पहिलोपटक हृयाकाथुन आयोजना गरिने अध्यक्ष भुसालले जानकारी दिए । मेला सम्पन्न गर्न ४१ लाख खर्च लाग्ने र ४५ लाख ६० हजार आम्दानी गर्ने लक्ष्य राखिएको क्यानले जनाएको छ ।

क्यान चितवनका निवर्तमान अध्यक्ष भानु शर्माले मेलाबाट नाफा भएको रकमबाट विद्यालयहरुलाई कम्प्युटर तथा सूचना प्रविधिका सामग्रीहरु प्रदान गरिने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?