२३ पुस, काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए)बाट ७६० ग्राम सुनसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतीय नागरिक मोहमद तोसिद रहेका छन् । थाई एयरलाइन्सबाट टीआईएमा उत्रिएका तोसिदलाई सुनसहित नियन्त्रणमा लिइएको अपराध महाशाखाका प्रमुख, प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) सहकुल थापाले पुष्टि गरे ।
तोसिदले शंकास्पद व्यवहार देखाएपछि नियन्त्रणमा लिइ काठमाडौं मेडिकल कलेजमा एक्सरे गर्दा मलद्वारमा लुकाएको सुन भेटिएको एसएसपी थापाले जानकारी दिए ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।