+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

पुनर्निर्माण प्राधिकरणको कामबाट प्रधानमन्त्री सन्तुष्ट !

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २५ गते १९:४२

२५ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुननिर्माणको काम सन्तोषजनक रहेको बताएका छन् ।

शुक्रबार राष्ट्रिय पुनर्निर्माण प्राधिरणको परामर्श परिषद्को पाचौं बैठकमा पुनर्निर्माणको वर्तमान अवस्था एवं कार्ययोजनाको समीक्षा गर्दै प्रधानमन्त्री ओलीले अहिलेसम्मको पुनर्निर्माणको प्रगति सन्तोषजनक रहेको बताए ।

उनले पुनर्निर्माणको काममा भएको अहिलेसम्मको प्रगतिका आधारमा तीन वटा निर्णय गरेर अगाडि बढ्नुपर्ने अवस्था रहेको धारणा राखे । कामको प्रगतिलाई लिपिबद्ध गरेर जानुपर्ने, बाँकी कामहरुलाई छिटो सम्पन्न गर्न देखिएका समस्या समाधान गर्नुपर्ने र प्राथमिकताका आधारमा पुनर्निर्माणमा जोड दिनुपर्ने विषयमा निर्णय गरी अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।

बैठकमा प्रधानमन्त्री ओलीले अहिलेसम्मको प्रगति र अनुभवलाई लिपिवद्ध गरेर राख्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई निर्देशनसमेत दिए ।

बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निजी आवास पुनर्निर्माण, शिक्षण संस्थाहरु, स्वास्थ्य संस्था, सरकारी भवन, सुरक्षा निकायका भवन, पुरातात्विक एवं साँस्कृतिक सम्पदा, सडक तथा खानेपानी, सामाजिक आर्थिक पुनर्स्थापना, पुनर्निर्माणको दिगोपना र हस्तान्तरण तथा बजेट व्यवस्थापन र खर्चको विवरणका विषयमा भएका प्रगतिको जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?