+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सांसदहरूले भने– दिलीप महतोका हत्यारालाई कारबाही गरेर मात्रै पुग्दैन

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २७ गते १५:१४

२७ पुस, काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले नदीको अवैध उत्खनन रोक्ने क्रममा हत्या गरिएका दिलीप महतोको हत्यारालाई कारबाही गरेर मात्रै नपुग्ने बताएका छन् ।

‘यो श्रदाञ्जली दिएर र दोषीलाई सजाय दिएर मात्रै पुग्ने घट्ना होइन,’ सभाको आइतबार बसेको बैठकमा बोल्दै सांसद विमला राई पौडेलले भनिन्, ‘यो घट्ना हुनै हुँदैनथ्यो, अब कहिल्यै यस्तो घट्ना हुनुहुँदैन भन्ने सुनिश्चित गर्न सक्नुपदर्छ ।’

अर्का सांसद वृषेशचन्द्र लालले चोरी उत्खननको विरोधमा पहरेदारी गर्ने युवाको लाश बिना मुचुल्का त्यहाँबाट हटाउनु शंकास्पद रहेको बताए । ‘चौकी नजिकै अवैध उत्खनन् हुँदा प्रहरीले नदेखे जस्तो गर्‍यो’ बैठकमा बोल्दै उनले भने, ‘घट्नाको प्रकृति अध्ययनै नगरी लास उठाउनुले प्रहरीले नै हत्या गरे पनि हामी जोगाउँछौं भन्ने मनसाय राखेको देखियो ।

सांसद कोमल वलीले दिलीप महतोका हत्यारा मात्रै होइन त्यस्तो मानसिकता बोक्ने सबै अपराधी त्रसित हुनुपर्ने पर्ने वातावरण बनाउनु पर्नेमा जोड दिइन् । उनले भनिन्, ‘विरोध गर्ने लाउनेलाई टिपरले किचेर मार्नु भनेको सामान्य मानसिकताको हुरा होइन । अपराधीलाई कारवाही गरेर यो देशमा सरकार छ, कानून छ, प्रहरी प्रशासन छ भन्ने चेतना सञ्चार गर्नुपर्‍यो ।’

मृतक परिवारलाई राहत र क्षतिपूर्तिको समेत व्यवस्था गर्नुपर्ने सांसद वलीको भनाइ छ । अवैध उत्खनन् कहिले रोकिन्छ भन्ने विषयमा सरकारले संसद जवाफ दिनुपर्ने उनको माग छ ।

सांसद प्रमिला कुमारीले महतोको हत्यारालाई कडा भन्दा कडा सजायको माग माग गरिन् ।

धनुषाको मिथिला नगरपालिका-५ श्रीनगरका २४ वर्षीय दिलीप महतोको गत शुक्रबार विहान हत्या भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?