
२९ पुस, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जम्मा दुई हजार रुपैयाँ घुस/रिसवत लिएको आरोपमा एक प्रहरी जवानलाई पक्राउ गरेको छ ।
आयोगको टंगालबाट खटिएको टोलीले लोगबहादुर खड्कालाई पक्राउ गरेको हो । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार खड्कालाई कोटेश्वरबाट घुस रकमसहित नियन्त्रणमा लिइएको हो ।
कारागार सुरक्षा गार्ड कैलाली दरबन्दी रहेका उनी महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत छन् ।
उनीमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता कोइरालाले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4