+

बार्सिलोनाका नयाँ प्रशिक्षक भन्छन् : हिजो गाई हेर्दै थिएँ आज बार्सिलोनाको प्रशिक्षक बनेँ

२०७६ माघ  १ गते १३:१७ २०७६ माघ १ गते १३:१७
बार्सिलोनाका नयाँ प्रशिक्षक भन्छन् : हिजो गाई हेर्दै थिएँ आज बार्सिलोनाको प्रशिक्षक बनेँ

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका नयाँ प्रशिक्षक किके सेटिएनले आफूले नसोचेको काम पाएको बताएका छन् । उनले यसलाई वाइलडेस्ट ड्रिम भनेका छन् ।

रियल बेटिसका पूर्वप्रशिक्षक सेटिएन एर्नेस्टो भेलभर्डको बर्खास्तीपछि प्रशिक्षक बनेका हुन् ।

सेटिएनले बेटिसलाई २००५ यताकै उच्च स्थान दिलाएका थिए भने कोपा डेल रे मा सेमिफाइनलसम्म पुर्‍याएका थिए ।

‘मलाई अवसर दिएकोमा म बार्सिलोनालाई धन्यवाद दिन चाहन्छु,’ प्रशिक्षक बनेपछि पहिलो प्रेस कन्फ्रेन्समा उनले भने । मेरो फराकिलो सपनामा समेत मैले यो सोचेको थिएन । मैले क्लबलाई धन्यवाद दिनैपर्छ । म यो चुनौती र प्रोजेक्टमा उत्साहित छु ।

उनले अगाडि भने, हिजोसम्म म आफ्नो गाउँमा गाईहरुसँग थिएँ । अहिले म बार्सिलोनामा छु र विश्वकै उत्कृष्ट खेलाडीलाई प्रशिक्षण दिँदैछु ।

लोअर साइडका क्लबहरुलाई प्रशिक्षण दिएपछि सेटिएनले लस पलमसलाई ला लिगामा ११औं स्थानमा पुर्‍याएका थिए । यस्तै बेटिसलाई छैटौँ बनाउँदै युरोपा लिगमा छनोट गराएका थिए ।

बार्सिलोना जारी सिजन लिगको शीर्ष स्थानमा छ र त्यसका लागि सेटिएनले भेलभर्डलाई धन्यवाद दिए ।

मेरो उदेश्य सबै जित्नु हो । जित्न सके सबै । यो क्लबलाई अरु बाटो नै छैन । सम्भव भएसम्म धेरै ट्रफी हरेक वर्ष जित्ने उनले बताए । र त्यसका लागि राम्रो फुटबल खेल्नुपर्ने उनले बताए ।

सेटिएनले यसअघि बार्सिलोनाका कप्तानले सन्यास लिँदा आफू रुने बताएका थिए । मैले धेरै खेलाडीलाई यो भनिसकेको छु । धेरै वर्ष देखि म बार्सिलोनाको खेल हेरेर रमाईरहेको छु । सेटिएनले भने । विश्वकै उत्कृष्ट खेलाडी र उसको साथीलाई प्रशिक्षण दिन पाउनु खुशीको कुरा हो र यश बारे मैले मेसी र अरुसँग कुरा गरिसकेँ ।

मैले सधैँ भन्दै आएको छु प्रशंसा गर्नु एउता कुरा हो तर सत्य फरक हुन्छ । सबैको आफ्नै स्थान हुनु जरुरी छ । मेसी ईज मेसी, बुस्केट इज बुस्केट ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

7 Stories
७ गन्तव्य, दशैंमा घुम्न कहाँ जाने ?

७ गन्तव्य, दशैंमा घुम्न कहाँ जाने ?

- अनलाइनखबर २०८१ असोज ६ गते १७:५०
4 Stories
सृष्टिको बिकिनी अवतार

सृष्टिको बिकिनी अवतार

- अनलाइनखबर २०८१ असोज ६ गते १७:११
6 Stories
भिटेनको ट्याटुमा के छ ?

भिटेनको ट्याटुमा के छ ?

- अनलाइनखबर २०८१ असोज ६ गते १६:३८
5 Stories
५ लक्षण, जसले मिर्गौला खराब भएको बताउँछ

५ लक्षण, जसले मिर्गौला खराब भएको बताउँछ

- अनलाइनखबर २०८१ असोज ६ गते १६:१२
6 Stories
६ खानेकुरा, जसले प्रजनन क्षमता बढाउँछ

६ खानेकुरा, जसले प्रजनन क्षमता बढाउँछ

- अनलाइनखबर २०८१ असोज ६ गते १५:५८