+
+

घरायसीको नाममा भन्सार नतिरी व्यापारिक सामान ल्याएको दावी

भन्सार विभाग भन्छ– त्यस्तो भेटे कारबाही हुन्छ

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १ गते १९:५२

१ माघ, काठमाडौं । भन्सार नतिरी भारतबाट सामान ल्याउनेको मात्रा बढ्दो क्रममा रहेको भन्दै व्यवसायीले गुनासो गरेका छन् ।

भारतबाट रिक्सा, मोटरसाइकल तथा साइकलमा भन्सार छलेर सामान ल्याउने क्रम बढ्दा पनि भन्सार कार्यालयले रोक्न चासो नदेखाएको नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले बताए ।

भारतीय सीमाका विभिन्न नाका पुगेर फर्किएका अध्यक्ष कटुवालले भन्सार छल्नेको संख्या ठूलो रहेको बताए । ‘मेरै नेतृत्वमा महासंघको टोलीले पूर्वको मेचीनगर, विराटनगर लगायतका नाकाहरुमा अनुगमन ग¥यो’ उनले भने, ‘त्यहाँ व्यापारिक प्रयोजनका लागि रिक्सा तथा साइकलमा भन्सार नतिरी सामाग्री आयात गर्नेहरुको ठूलो संख्या रहेछ ।’

भन्सार नतिरी सामाग्री ल्याउनेहरुका कारण कर तिरेर वैधानिक तरिकाले व्यवसाय गर्नेहरुलाई मात्रै नभएर राज्यलाई समेत समस्या परेको अध्यक्ष कटुवालले बताए । चेक पोष्टमा कार्यरत सशस्त्र प्रहरीले रिक्सा, मोटरसाइकल, साइकल लगायतमा सामान ल्याउदा धेरै ध्यान नदिएको गुनासो गरे ।

सरकारले भारतीय बजारबाट सानो परिमाणमा घरायसी सामान ल्याउन छुट दिएको छ । त्यसैलाई टेक्दै स्थानीय व्यापारीहरुले घरायसी सामान भन्दै व्यापारिक सामान भन्सार नतिरी नेपाल भित्र्याउने गरेको उनको भनाइ छ ।

‘वैधानिक तरिकाले व्यापार गर्नेलाई राज्यले चेपेको चेप्यै छ, अनि त्यहाँ भन्सारमा कडाई गर्न पर्दैन ?’ अध्यक्ष कटुवालले प्रश्न गरे, ‘राजश्व लक्ष्य भेटिएन भनेर कर बढाउने होइन भएकोलाई उठाउन सकेमात्रै पनि राम्रो हुन्छ ।’

भन्सार विभाग भन्छ– त्यस्तो भेटे कारबाही हुन्छ

भन्सार विभागले भने भन्सार नतिरी ल्याएको भेटिए कारबाही गर्ने बताएको छ । थोरै परिमाणमा भए बिगो जफत र सोही बराबरको जरिवानासम्मको कारबाही हुने विभागका निर्देशक शिशिर घिमिरेले बताए । तर बिगो ठूलो भए त्यसरी सामाग्री ल्याउने जेल पनि जानसक्ने घिमिरेको भनाइ छ ।

५ हजार रुपैयाँसम्मको सामान भने घरायसी प्रयोजनका लागि ल्याउन सकिने उनले बताए । त्यो भन्दा माथि ल्याएको/नल्याएको सुरक्षाकर्मीले चेकजाच गर्ने उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?