+
+

हटौंडाको लागूऔषध अखडामा प्रहरी छापा, ७ पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ ४ गते १३:०८

४ माघ, हेटौंडा । प्रहरीले हेटौंडास्थित लागूऔषध सेवन गर्ने अखडामा छापा मारेर ७ जनालाई नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले हेटौंडा उपमहानगरपालिका–९, शान्तिटोलमा रहेका लागूऔषध अखडामा छापा मारेर ७ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा हेटौंडा–१० का २० वर्षीय संगीत रायमाझी, १८ वर्षीय दीक्षा भट्टाचार्य, निशा कुशवार, हेटौंडा ४ का २६ वर्षीय सन्दीप न्यौपाने, हेटौंडा–९ का २५ वर्षीय विश्वजंग रायमाझी, हेटौंडा ५ का १८ वर्षीय अभिशेक ठकुरी र हेटौंडा १ का २५ वर्षीय निखिल लामा छन् ।

स्थानीय सुरेश त्रिपाठीको घरबाट गाँजा, बाँसमा कालो टेपले बेरेको चिम्नी १, माटोको चिम्नी १, ग्यास रिफिलसँगै १ थान अनटेस्ट स्कुटर र ना २२ प ३९४८ नम्बरको पल्सर मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, हेटौंडाले जनाएको छ ।

प्रहरीले पक्राउ परेकाहरूमाथि अनुसन्धान भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?