Comments Add Comment

शिवमायाले सुनाइन् अनुभव–पितृसत्ता राजसत्ताभन्दा बलियो रैछ

६ माघ, काठमाडौं । निवर्तमान उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले राजसत्ताभन्दा पितृसत्ता बलियो रहेको अनुभव आफूले गरेको बताएकी छन् ।

उनले राजसत्ता भनेर राजसंस्था लाई इंकित गरेकी हुन । ‘राजसंस्था सबै मिलेर सहजै फाल्यौं । तर, पितृसत्ताको सोचलाई परिवर्तन गर्न अझै धेरै मेहनत गर्नुपर्ने रहेछ,’ उपसभामुख पदबाट राजीनामा दिएपछि पत्रकार सम्मेलन गर्दै डा. तुम्बाहाङफेले भनिन् ।

संस्था गत रुपले अगाडि बढेकाले पितृसत्ता सोचलाई उन्मुलन गर्न एक दुई व्यक्ति मात्रै लागेर नहुने भन्दै उनले पत्रकारलाई पनि यसतर्फ कलम चलाउन आग्रह गरिन् ।

शिवमायाले उपसभामुखको नाताले आफूले सभामुख बन्ने अवसर पाउनुपर्ने दाबी गरेकी थिइन् ।

तर, सत्तारुढ नेकपाले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेपछि शिवमायाको यस्तो प्रतिक्रिया आएको हो ।

यो पनि पढ्नुहोस ‘आफ्नो धरातल बिर्सन हुन्न, मैले मार्गप्रशस्त गरें’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment